Logo

नेकपा (एस) को राष्ट्रिय महाधिवेशन आगामी माघ १४ देखि १८ गतेसम्म



काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको १०औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । आज (बिहीबार) सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।

तीन दिनसम्म चलेको नेकपा (एस) को केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय तहहरुमा बहुमत प्राप्त हुने गरी पार्टी संगठन अगाडि बढाउने नेकपा (एस) ले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्