काठमाडौं,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । अपराह्न पाँच बजे बस्ने बैठकमा ११ गते हुने संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने रास्वपा जनाएको छ ।
भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो । समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने रास्वपाले जनाएको छ ।file photo