Logo

महराले ‘सुन तस्करी प्रकरणमा मेरो नाम बाहिर आयो, बयानका लागि बोलाऊ’ भन्दा पनि बोलाइएन



काठमाडौं, ८ भदौ । सुन तस्करी काण्डमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम जोडिएको छ ।गत पुष १० गते दुबईबाट आएको ‘इलेक्ट्रिक सिगरेट’ (भेप) मार्फत सुन भित्र्याएको आरोप महरा बाबुछोरामाथि छ ।

आफ्नो नाम सार्वजनिक रुपमा आएपछि महराले आफूमाथि बयान लिन आग्रह गरेको नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले बताए । महराले उक्त प्रकरणमा बयान दिन बोलाऊ भन्दा पनि सम्बन्धित निकायले नबोलाएको र केही तत्वहरुले पार्टीको बदनाम गराउने मनसायले प्रचार गरिरहेको उनको भनाई छ ।

‘महराले मेरो नाम बाहिर सार्वजनिक भयो, मलाई बयान दिन बोलाउ भन्दाखेरी बयान किन लिइँदैन । दोषी हो कि होईन भन्न बयान लिन बोलाउ भनेर माग गरेको छ,’– सचिव पोखरेलले भने ।

भ्रष्टाचारका घटनामा जोसुकै भएपनि अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाई छ ।

उक्त प्रकरणमा पार्टीले महराको बयान लिन सिआईबीलाई नरोकेको उनले बताए । उनले सुन तस्करी प्रकरणमा महराको संलग्ता छ भनेर सार्वजनिक रुपमा प्रचार हुँदा माओवादीलाई ड्यामेज गराएको बताए । उनले देश, पार्टी र संगठनलाई अप्ठ्यारो पर्ने काम गर्ने जोकोहीलाई पनि माओवादीले नबचाउने बताए ।

‘सार्वजनिक रुपमा प्रचार भइराखेको छ, त्यसले पार्टीलाई ड्यामेज गरिराखेको छ । बयान लेउ, हो भनि हो भन, होईन भने होईन रहेछ भन । पार्टीले त्याृे भनिरहेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्