Logo

समीक्षाकी दिदी भन्छिन्: खोक्रो इज्जतको खोल ओढेर आफूलाई सर्वश्रेष्ठ ठान्नेहरूको व्यवहारबाट म आत्तिसके



काठमाडौं,८ भदौ । लोकप्रिय गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफ्नो कारण बहिनी समीक्षाको अष्ट्रेलियाको भिषा रद्द भएको समचारप्रति पहिलोपटक मुख खोलेकी छन् ।

उनले आज सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उक्त समचारले आफू आत्तिसकेको बताएकी छन् । समाजको आलोचना र मान्छेको व्यवहारबाट आफू आत्तिसकेको उनको भनाइ छ ।

फूल्न नपाउँदै झर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । समीक्षाले केयरटेकरका रूपमा उनलाई अष्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले लेखेकी छन् ‘खोक्रो इज्जतको खोल ओढेर आँफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका, नदेखिएका पनि होइनन् । मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु, मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्नसक्ने साहास भगवानले पूरा गरून् । सकिन्छ राम्रो सल्लाह सुझाव दिने कोसिस गर्नुहोस्, सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचिदिनूस्’ ।

समीक्षाले शर्मिला आर्टिस्ट भिसामा अष्ट्रेलिया गएको बताउँदै आएकी छन् ।

यस्तो छ उनको पुरा स्ट्याटस ‘रातभरि सिरकले मुख छोपेर रोएको यहाँ कस्ले देख्छ र नखाएको बिख किन लाग्छ आफ्नो गरेर खान्छु भन्दा पनि आँसुको खोला बगाउनु पर्ने यो कस्तो पापी संसार बाँचुन्जेल बाँच्न गार्‍हो बनाउने पनि यही समाज कतिन्जेल जिउदो लास बनाउछस ए दुनियाँ के फूल्न नपाउदै कोपिला मै चुडिनु पर्ने हो आँखिर कतिन्जेल कहिले सम्म जलेर बाँच्नु पर्ने हो यी निर्दोष आँखा अनि यो निर्दोष कानले यो काहालिलाग्दो समाजबाट म र मेरो बैनिले देख्नै नसकिने अनि सुन्नै नसकिने आवाज संग कतिन्जेल जुध्नुपर्ने हो।।खोक्रो इज्तको खोल ओढेर आँफुलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका नदेखिएका पनि होइनन् मानव भएर दानवको जस्तो व्यबहार बाट म आत्ति सकेको छु मरेर न्यायको आश त छैन मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्न सक्ने साहास भगवान्ले पूरा गरून् सकिन्छ राम्रो सल्लाह सुझाब दिने कोसिस गर्नुहोस् सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचि दिनुहोस्’। 



प्रतिक्रिया दिनुहोस्