Logo

महिला टी–२०: नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य



काठमाडौँ, ८ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको नेपालले वर्षात्का कारण १८ ओभरमा झारिएको खेलमा १८ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको हो ।

नेपालका लागि रुविना क्षेत्रीले २३, इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । वलिङतर्फ मलेसियाकी आइना हमिज हसिनले २ विकेट लिईन् ।

जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्