Logo

ग्रीसमा नेपाली अपहरण गरेर काठमाडौंमा २१ लाख फिरौती माग्ने ४ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं,८ भदौ । रोजगारीका लागि ग्रीस पुगेका ३ जना नेपालीलाई अपहरण गरि काठमाडौंमा फिरौती माग गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।

मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो। उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।

सीआईबीका अनुसार यसरी पक्राउ पर्नेमा धनुकुटाका ३२ वर्षका शिवराज कुँवर भदौ दुई गते गौरिघाटबाट, काठमाडौं तारकेश्वरका ५६ वर्षीय रामेश्वर अर्याल भदौ तीन गते तारकेश्वरबाट, कपिलवस्तु शिवराज नगरपालिकाका ३२ वर्षका प्रकाश बेलबासे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट र पर्वतको फलेबास नगरपालिकाकाका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् । उनीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाटै पक्राउ परेका हुन् ।

पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्