
काठमाडौं,८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको । बैठक अहिले ५ बजेबाट संसदीय दलको कार्यालय सिहंदरबारमा सुरु भएको हो ।
आजको बैठकमा भदौ ११ गते हुने संसदीय समितिको निर्वाचन बारे छलफल गर्ने रावपाले जनाएको छ । संसदको चौथो शक्तिको रुपमा रहेको रास्पालाई बाइपास गर्दै सत्तारुढ घटक दल र प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि रास्वपा असन्तुष्ट रहेको छ ।
आजको बैठकमा उक्त विषयमा छलफल हुनाका साथै सभापतिमा उम्मेदवारी दिने नदिने बारेमा छलफल हुने बताईएको छ ।