Logo

उपेन्द्रकै अगाडि जङ्गिए प्रचण्ड, ‘चुनाव जिताएको नबिर्सनुस्’



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको बलमा बाराबाट उपनिर्वाचन जितेको नविर्सन आग्रह गरेका छन् ।

आज (शुक्रबार) वीरगञ्जमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले आफ्नै कारण नेकपा हुँदा र अहिले गठबन्धनमा पनि धेरै नेताले फाइदा उठाएको बताए ।

माओवादीको हातमा आएको उपराष्ट्रपति जसपालाई दिएर प्रतिनिधि सभा उप निर्वाचनका लागि उपेन्द्रलाई बाटो खुला गराएको र सिंगो गठबन्धन लगेर चुनाव जिताएको नविर्सन उनले आग्रह गरे ।

यसो भने प्रचण्डले उपेन्द्रलाई
उपेन्द्रजीले अघि प्रचण्डजी पनि भनेर हात हल्लाउनु भयो । मैले कहिलेकाही भन्ने गर्छु, पहिला नेकपा हुँदा पनि भन्ने गरेको थिएँ, मैले यसो (हात हल्लाउँदै) गरेको हुनाले त सबैलाई फाइदा भएको छ ।

मैले यसो यसो (हात हल्लाउँदै) नगरेको भए आफूले पाएको उपराष्ट्रपति उपेन्द्रजीलाई दिने थिइँन । यसो यसो (हात हल्लाउँदै) गरेको हुनाले गएको हो । मैले यसो यसो नगरेको भए उपेन्द्रलाई जिताउन पूरै गठबन्धन लिएर बारा आउने थिईन म । त्यसै भएर त तपाईँले जित्नु भयो । यसो यसो (हात हल्लाउँदै) गरिराख्नुस् भन्नुस् बरु प्रचण्डलाई । तपाईलाई फाइदा हुन्छ । सबैलाई फाइदा हुन्छ ।



प्रतिक्रिया दिनुहोस्