काठमाडौं,८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले प्रदेशका ४ जिल्लाका अध्यक्षको समर्थनसहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई काठमाडौं , ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला अध्यक्षको समर्थन रहेको छ । उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र काेषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।
खड्का नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफल खेलाडि मानिन्छन् । उनले २०७८ साल साउन १९ गते अन्तराष्ट्रिय क्रिकेट बाट सन्न्यास लिएका थिए । file photo