Logo

राम्रो काम गरेर ढुक्कसँग मर्नेमात्रै रहर छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राम्रोभन्दा अरु कुनै काम नगर्ने बताएका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको उत्तरार्धमा राम्रो काम गरेर जनताले सम्झने गरी मर्न चाहेको बताए ।

‘मलाई अब राम्रो बाहेक अरु गर्न पर्ने कुनै कारण पनि छैन । मैले जीवनको यो उत्तरार्धमा मैले केही राम्रा काम गरेर जाने र नेपाली जनताले सम्झने, किनभने मान्छे एकचोटी त मर्ने नै हो, मरेर जाँदा जनताले, भावि पिढीले र इतिहासले यो पटक यो राम्रो काम भयो भन्ने भयो भने मर्ने बेलामा पनि आनन्दसँग, बडो ढुक्कसँग मर्नेमात्रै रहर छ,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्