Logo

हामी चुनौति देखेर तर्सिदैनौं, सामना गर्छाैंः माधव नेपाल



काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कमजोरीबाट मुक्त रहेको मान्छे संसारमा कहीँ पनि नपाईने बताएका छन् । आज (शनिबार) नेकपा (एस) निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले मानिसमा राम्रा र नराम्रा पक्ष हुने र कमजोरी रहेमा सुधार गर्दै जानुपर्ने बताएका हुन् ।

उनले अहिलेको सिंगो राजनीतिक परिस्थितिले ल्याएको समस्या र चु्नौतिमा सम्भावना खोज्न पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सधैभरी चुनौतिको साथमा सम्भावना र समस्याको साथमा समाधान हुने उनको भनाई छ । चुनौतिबाट नभागेर त्यसको सामना गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘सधैंभरी चुनौतिको साथमा सम्भावना पनि हुन्छ । समस्याको साथमा समाधान पनि हुन्छ । द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने हामीहरु, माक्र्सवादमा विश्वास गर्ने हामीहरु समस्याहरु देखेर भाग्दैनौं । चुनौति देखेर तर्सिदैनौं चुनौतिको सामना गर्छौं,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्