Logo

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई



काठमाडौँ, ८ भदौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन गएपछि कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष यादव आगामी भदौ २१ गतेसम्म भारतमा रहने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्