Logo

सत्ता गठबन्धनप्रति झलनाथ रुष्ट, पटक–पटक संविधान उल्लङ्घन गरेको आरोप



काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले पटक–पटक संविधान मिँचेर काम गरेको आरोप लगाएका छन् ।

आज (शनिबार) नेकपा एसको दोस्रो स्थापना दिवसका अवसर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने नाममा बनेको गठबन्धन सरकारले नै संविधान मिचेको टिप्पणी गरेका हुन् ।

‘संविधानको रक्षा गर्ने भन्ने हाम्रो जुन गठबन्धन छ, त्यही गठबन्धनले नै एकपछि अर्को गरेर संविधान उल्लङ्घन गरिरहेको छ । कोशी प्रदेशमा दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ,’– उनले भने ।

पार्टी विभाजनको औचित्य पुष्टिका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताए । पार्टीभित्र गलत चिन्तन हुर्किदै गएको खनालको टिप्पणी छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्