Logo

एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सत्ता गठबन्धनको निर्णय



काठमाडौं, १० भदौ । प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिको सभापति चयनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।

लामो समयदेखि समितिका सभापति चयन नहुँदा जेष्ठ सदस्यको अध्यक्षतामा काम कारबाही हुँदै आएको थियो । संसदीय समितिहरुले भोलि भने सभापति पाउने निश्चित भएको छ ।

सत्ता गठबन्धनले एउटा संसदीय समितिको सभापति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा राप्रपालाई संसदीय सुनुवाइ विशेष समितिको सभापति दिने मोटामोटी सहमति जुटेको बताइएको छ । उक्त समितिको सभापति पाएमा पशुपति शमशेर जबरालाई पठाउने राप्रपाले तयारी थालेको बताईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्