Logo

झलनाथ खनालले गठबन्धप्रति असन्तुष्टि पोख्दा एमाले नेता बस्नेतले गरे प्रशंसा



काठमाडौं, १० भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनको सही विश्लेषण गरेको टिप्पणी गरेका छन् ।

खनालले हिजो (शनिबार) पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संविधानको रक्षा गर्ने नाममा बनेको गठबन्धन सरकारले पटक–पटक संविधान मिचेको बताएका थिए ।

‘संविधानको रक्षा गर्ने भन्ने हाम्रो जुन गठबन्धन छ, त्यही गठबन्धनले नै एकपछि अर्को गरेर संविधान उल्लङ्घन गरिरहेको छ । कोशी प्रदेशमा दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ,’– उनले भनेका थिए । साथै, गठबन्धनका असंवैधानिक काम र गतिविधिका पार्टीको आधिकारिक धारणा के हो भनेर उनले पश्नसमेत गरेका थिए ।

सम्मानित नेता खनालको उक्त अभिव्यक्तिलाई लिएर एमाले नेता बस्नेतले आज (आईतबार) सामाजिक सञ्जालमा लेखेका छन्,‘नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले गठबन्धनको नाममा गलत कामको शिकार हुन नहुने र आफूहरुले ‘संविधानको रक्षा गर्ने भनेको र संविधानकै रक्षा गर्न गठबन्धन भएता पनि एकपछि अर्को उल्लंघन गरिरहेको छ’ भनेर सर्वोच्चले फैसला दिइरहेको बताए। सहि विश्लेषण ।’



प्रतिक्रिया दिनुहोस्