Logo

माओवादी केन्द्रद्धारा आइसिटी फोरमको गठन, अध्यक्ष प्रचण्डले गरे उद्घाटन



काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

पछिल्लो समय त्याग सर्मपणभन्दा पनि हल्लाकै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा, तेस्तो तरिकालाई क्रस गर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘अहिले को युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको छ,’– प्रचण्डले भने ।

संगठन ग्रास रुटसम्म बिस्तार हुने र समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी संगठनले पार्टीका नीति विचार र कामलाई प्रचार गर्ने बताइएको छ ।

आइसिटी फोरमले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्ने प्रचण्डको भनाई छ । आइसिटि फोरमले हल्लाकै भरमा संगठन बनाउने ट्रेनलाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्ने प्रचण्डले विश्वास व्यक्त गरे ।

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने प्रचण्डले बताए । नवगठित आइसिटि फोरमलाई प्रधानमन्त्री प्रचण्डले उद्देश्य अनुसार काममा लाग्न निर्देशन दिए ।

आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको छ त्यही अनुरुप काम गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले गरेका थिए । उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए ।

सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भूसाल , सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्