Logo

सरकारले राम्रा काम गर्दा विक्षिप्त भएकाहरुले माओवादी र गठबन्धनविरुद्ध भ्रम छरेः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताएका छन् ।

माओवादी केन्द्रनिकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले गरेका राम्राकामबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेको बताएका हुन् ।

‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्