Logo

कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजुले दिईन् उम्मेदवारी



काठमाडौं, १० भदौ । प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिको सभापति चयनका लागि भोलि निर्वाचन हुँदैछ । भोलि हुने निर्वाचनका लागि आज (आईतबार) उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकी नेतृ एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु राणाले कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

प्रतिनिधि सभाको विभिन्न समितिको सभापतिहरुका मर्यादाक्रम नेपाल सरकारका राज्यमन्त्री सोसरह हुने व्यवस्था रहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्