Logo

सर्वोच्चमा आजदेखि अटोमेशन प्रणाली लागू, न्यायलयमा सुशासन कायम गर्ने प्रधानन्यायाधीश श्रेष्ठको प्रतिवद्धता



काठमाडौं, ११ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतका काम कारबाहीलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताएका छन् ।

आज (सोमबार) सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।प्रधानन्यायाधीश श्रेष्ठले पेशी तारेख व्यवस्थापनमा अटोमेसन प्रणाली लागू भएसँग सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने विश्वास व्यक्त गरे । न्यायिक सुधारको प्रक्रिया अगाडि बढेको उनको भनाई छ ।

‘अदालतका काम, कारबाहीहरु मुद्दाका पेसी व्यवस्थापन, तारिखदेखि लिएर हरेक कुराहरु फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ। त्यसलाई पूर्ण रुपमा पालना गर्नेतर्फ हामी लागिरहेका छौँ,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्