Logo

रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिने, १० वटै समितिका सभापति सर्वसम्मत हुने निश्चित



काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ ।

रास्वपाले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो ।

रास्वपाले उक्त उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधि सभाका १० वटै समितिका सभापति सर्वसम्मत निर्वाचित हुने निश्चित भएको छ । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्