Logo

किराँत मुन्धुमअनुसार गाईगोरुमात्रै होईन, सबै जीवजन्तुको बली निषेध छः राजेन्द्र लिङ्देन



काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गैरलिम्बु जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बुहरुले गाईगोरुको बली चढाउने चलन छ भनी प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले किराँतहरुको मुन्धुमअनुसार गाईगोरुमात्रै नभएर किरा फट्याङ्ग्राको पनि बली चढाउन नपाईने बताएका छन् ।

‘विशेष गरि केही गैर लिम्बू जनजातिहरुले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु। अरुको मुन्धुममा के छ कुन्नी उनीहरुले जानुन। तर, किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा,फटेङ्ग्रा, कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनैपनि जीवजन्तुको हत्या (बली) निषेध छ,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्