Logo

एकअर्काको नामै सुन्न नचाहने ओली–नेपालको सम्बन्ध सुध्रिएको संकेत



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँगको फोटो पोस्ट गरेका छन् ।

ओलीले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लिइएको फोटोहरु पोस्ट गरेका हुन् ।

‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर । शुभ सन्ध्या,’– माधव नेपालसँगको फोटो पोस्ट गर्दै ओलीले भनेका छन् ।

फोटोमा ओली–नेपाल दुवै जना हँसिलो मुद्रामा देखिएका छन् । एकअर्काको नाम पनि सुन्न नचाहने ओली– नेपाल आज भने सँगै देखिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot