Logo

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी {LIVE}



काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न लागिएको हो ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्