Logo

संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको प्रशासनप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जनताको स्वतन्त्रता, समानता, सहअस्तित्व र मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले ‘मृतक नन्दप्रसादकी धर्मपन्ती नन्दमाया अधिकारीको मागको सम्बोधन कहिले गर्नुहुन्छ ? शान्तिप्रक्रिया कहिले टुंगिन्छ ?’ भनी सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी संक्रमणकालीन न्याय सम्पादन गर्नका लागि बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको र संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

साथै, सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षण गरिरहेको उनको भनाई छ । गंगामायाको उपचारका लागि सरकारले हालसम्म ३७ लाख ४७ हजार उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही नेपाल सरकार तथा अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भईनै रहेका छन् । अस्पतालको विवरणअनुसार नीजको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्