Logo

एमाले सचेतक गिरीको प्रश्न, ‘सुन तस्करीमा सत्ता पक्षका नेता जोगाएर भरिया जेल हाल्दा सुशासन हुन्छ ?’



काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का नेता एवं प्रमुख सचेतक पदम गिरीले सरकारले सुन तस्करी प्रकरणमा सत्ता पक्षका नेतालाई जोगाएर भरियालाई जेल पठाएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले मुलुकमा सुशान दिँदैछौैं भनेर गुड्डीमात्रै हाँकेको बताए । सरकारले भ्रष्टाचारमा संलग्न सत्ता पक्षका नेताहरुलाई अपराधबाट उन्मुक्ति दिएको उनको आरोप छ ।

सुृन तस्करीमा संलग्न भएका सत्ता पक्षका नेताहरुलाई बोलाएर अनुसन्धानको दायरामा ल्याउने काम नभएको उनको भनाई छ । ‘सत्ता पक्षका नेता भएपछि जतिसुकै अपराध गर्न पनि छु्ट हुने, जस्तोसुकै तस्करी गर्न पनि छुट हुने अनि सामान्य मान्छे, भरियाहरुलाई जेलमा लगेर मुद्दा चलाउँदा यो देशमा सुशासन हुन्छ भन्ने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन,’– उनले भने ।

सरकारले ‘माछा देखे दुलाभित्र हात, सर्पदेखे दुलाबाहिर हात’ गरेको उनको भनाई छ । ‘सत्ता पक्षको नेता भेटियो भने उनीहरुलाई छोड्नुपर्ने, सामान्य नागरिक भए जेल पठाउन पर्ने ? यही हो लोकतन्त्र ? यही हो सुशासन ? यही हो कानुनी राज्य ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्