काठमाडौं,१२ भदौ । नेकपा एमालेका नेताहरु चीन भ्रमणमा जाने भएका छन् । आगामी शनिवार एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा एक टोली छिमेकी राष्ट्र चीनको भ्रमणमा जान लागेको हो ।
भ्रमणमा जाने मिती तय भएपनि भ्रमण दलमा रहने सदस्यबारे भने निर्णय हुन बाँकी रहेको एमालेले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो । ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि असोजको पहिलो हप्ता चीन जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने र उतैबाट बेइजिङ पुग्ने तयारीमा छन्।