Logo

श्रीमानलाई कारबाहीको माग गर्दै तीन महिना अनशन बसेकी आरतीले तोडिन् अनशन



काठमाडौं,१२ भदौ । वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल गिरीले अनशन तोडेकी छन् ।

मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन् ।

सहमतिमा आरतीले दिएको श्रीमान्विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उनको शान्ति सुरक्षा व्यवस्थापनका लागि मातहतका निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने भनिएको छ ।

दोस्रो बुँदामा रावलले १० असार २०८० देखि गरेको अनशन अन्त्य गर्ने भनिएको छ । यो सहमतिको रोहवरमा अधिवक्ता इन्द्रप्रसाद अर्याल र गृह मन्त्रालयका दिनेश न्यौपाने छन् ।

प्रहरीले कपिलबस्तु जिल्ला अदालतका तत्कालीन न्यायाधीश रहेका गिरीलाई यसअघि पक्राउ समेत गरेको थियो । तर, जिल्ला अदालत, काठमाडौंमा ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्