Logo

‘काठमाडौंमा दुई/चार दिन बस्न जनताले होटल खोलेकै छन्, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अवास किन चाहियो ?’



काठमाडौं, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास आवश्यक नरहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीका नाममा अर्बौं खर्च गरेर दरबार बनाउन आवश्यक नरहेको बताएका हुन् ।

‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास बनाउने होईन, आ–आफ्नै प्रदेशमा राख्ने हो । काठमाडौंमा आएर दुई/चार दिन बस्नलाई त जनताले होटल खोलेकै छन् नि । यत्रो अर्बौं रुपैयाँको दरबार बनाउन जरुरी छैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot