Logo

एमालेसँग रास्वपाको गुनासैगुनासो



काठमाडौं,१२ भदौ । लामो रस्साकस्सी र छलफलपछि संसदीय समितिले नेतृत्व पाएका छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाबाट गठन भएबको १० वटा विषयगत समितिले ढिलै भएपनि सोमबारबाट नेतृत्व पाएको छ । मिनी संसद समेत भनेर चिनिने संसदीय समितिमा यसपटक राष्ट्रिय मान्यताप्राप्त ७ दलमध्ये ६ दल र राष्ट्रिय मान्यता पाउन नसकेको नेकपा एकीकृत समाजवादीगरि ७ दलले भागबन्डा गरेका छन् ।

जसमा नेपाली कांग्रेसले ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३, माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत र नेकपा एसले समान एक एक समितिको नेतृत्व पाउँदा संसदको चौथा शक्तिकोरुपमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय समितिको नेतृत्वबाट बाइपास भएको छ ।

सामान्यतया प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको सभापति बाहेक अन्य समितिको सभापति नपाउने प्रचलन रहेपनि यसपटक नेकपा एमालेले अंकगणितकै कारण ३ समितिको नेतृत्व हत्याएपछि रास्वपा आक्रमक बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नगरी समिति सभापति लिएको भन्दै गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले मै लाऊँ,मै खाऊँ भन्नेजस्तो व्यवहार देखाएको बताए ।

‘समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्‍यो। दोस्रो कुरा प्रमुख प्रतिपक्षले अरू प्रतिपक्षी पार्टीहरूलाई कुनै मतलब नै नगरी मै खाऊँ मै लाऊँ जसरी गर्‍यो। यो दुईवटै गल्ती भयो। सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँड्यो,’ उनले भने।

उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताए ।

रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सुनरुवाती चरणमा यपप्रधान सहति शक्तिशाली गृहमन्त्रालयको जिम्मेवारी दिनेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले निक्कै मेहनत गरेको चर्चा हुने गर्दछ । एमालेको उक्त गुणलाई रास्वपाले पनि संसदमा साथ दिएको थियो । तर एमालेले निरन्तर संसद् अवरोध गरेपछि रास्वपा एमालेसँग टाढिँदै गएको बताईन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot