Logo

‘प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि राजधानीमा आवास बनाइनु राज्यशक्तिको दुरुपयोग हो’



काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा करोडौं खर्चिएर आवास बनाएको भन्दै आपत्ति जनाएका छन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भैसेपाटीमा बनाईका आलिसान महलहरुले देशको संघीयतालाई नै जिज्याइरहेको उनको भनाई छ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि संघीय राजधानीमा बनाइएका आलिसान महलहरु मुलुकको संघीयतालाई गिज्याउने खालको संरचना हुन् । आफ्नै प्रदेशमा दैनिक काम गर्नुपर्ने व्यक्तिहरूको निवासमा करोडौंको लगानी बेकारको छ,’– रिपोर्टर्स नेपालका लागि संक्षिप्त कुराकानी गर्दै शेर्पालीले भने ।

आर्थिक मन्दीको बेलामा करोडौं खर्चिएर प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आलिसान महल बनाइनु भद्दा मजाक भएको उनको भनाई छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका बनाइएका ती संरचनाहरु विक्री गरेर प्रदेशको सबैभन्दा आवश्यक देखिएको बिकास निर्माणको काममा लगानी गर्दा उचित हुने उनको सुझाव छ । संघीयता मर्म र भावना विपरीत दिइने यस्ता सुविधाले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आफ्नो प्रदेशप्रति उतरदायी बनाइराख्नेमा उनले आशंका व्यक्त गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज २७ गते उक्त आवासको शिलान्यास गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot