Logo

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा स्थगित्



काठमाडौं, १३ भदौ । चार दलीय समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा स्थगित भएको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी थियो ।

आजको बैठकलाई नेकपाका महासचिव विल्पवले अस्वीकार गरेको बताईएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरु आजबाट कार्यान्वयनमा आएको घोषणा गर्ने सरकारको तयारी रहेको छ ।

मोर्चाको घटनक रहेको नेकपा एमसीसीको विरोधमा उत्रिनेभएपछि आजको बैठक स्थगित गरिएको बताइएको छ । अब अर्को बैठक अहिले हुने भन्ने कुनै टुंगो भएको छैन । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot