Logo

क्रिकेट टिमलाई शुभकामना दिँदै प्रचण्डले भने: खेलाडीको हितमा हमेसा ध्यान दिएको छु



काठमाडौं,१३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरे । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

नेपालले आज घरेलु टीम पाकिस्तानसँग खेल्दैछ । खेल दिउँसो ३ः ४५ मा सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot