काठमाडौं,१३ भदौ । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको थियो । पहिरोमा जीप पुरिँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।