Logo

‘सभापति बन्दा कुनै सहमति भएको छैन, कोशी प्रदेश सरकारलाई राप्रपाले सघाउँदैन’



काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले एवं प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको सभापति बन्दा कुनै लेनदेनको सहमति नगरेको बताएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राप्रपा अहिले संघीय सरकार र कोशी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए । संसदीय समितिको सभापति हुँदा कोशी सरकारलाई सघाउने विषयमा कुनै सहमति नबनेको उनको दाबी छ ।

‘अध्यक्ष राजेन्द्र लिङ्देन बाहिर हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्ष बुद्धिमानजी यहाँ हुनुहुन्थ्यो । कार्यवहाकको रुपमा काम गर्दाखेरी मैले समितिको सभापति खाँदाखेरी सोधेको थिएँ, कही लेनदेनको त हिसाब छैन ? भन्दाखेरी त्यो हामीले गरेका छैनौं भन्नुभएको छ,’– उनले भने ।

राप्रपाले कसैको दया र कृपाले सभापति नपाएको उनको भनाई छ । राप्रपाले संसदीय समितिको सभापति पाउनका लागि केही दिन्छु भनेर कसम नखाएको उनले बताए । कसैसँग केही सम्झौता गरेको भए बाहिर ल्याउन उनले चुनौति पनि दिए ।

प्रधानमन्त्री प्रचण्डसँग हिजो (मंगलबार) विहान मकवानपुरबाट डेलिगेसन आएको समूहसँग जाँदा भेट भएको उनले बताए । मकवानपुरको डेलिगेसनमा भएको सामुहिक छलफल बाहेक प्रधानमन्त्रीसँग अन्य कुनै छलफल र सम्झौता नभएको उनको भनाई छ ।
आफूलाई संसदीय समितिको सभापति बन्ने कुरा एक घण्टा अघिमात्रै थाहा भएको र मलाई चाहिँदैन अरुलाई दिनुस् भन्दा अध्यक्षले भनेपछि आफू बनेको उनले बताए ।

‘म मेरो कूलदेवताको कसम खाएर भन्छु । म सभापति बन्ने कुरा मलाई आधा घण्टा पहिलामात्र थाहा भएको हो । मलाई चाहिँदैन विनाजीलाई बनाउनुस् भन्ने म नै हुँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot