Logo

भ्रष्टाचारीलाई छोड्दिन भन्ने गृहमन्त्री भिजेको विरालोजस्तो भएः दीपक सिंह



काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई छाड्दिन भनेपनि आफ्नै पार्टीका मान्छे पर्दा भिजेको विरालोजस्तो बनेको बताएका छन् ।

उनले हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सरकारले उठाएको भ्रष्टाचारविरोधी मुद्दामा धमिरा लागिसकेको बताएका हुन् ।

‘भ्रष्टाचारीहरुलाई म छोड्दिन भनेर ठूल्ठूलो कसम खाने, पार्टीकै कोही भएपनि हामी बाँकी राख्दैनौं भन्ने गृहमन्त्री उहाँको पार्टीका हाई कमाण्ड पर्दाखेरी, बाबुछोरा पर्दाखेरी भिजेको विरालोको जस्तो निर्णय गर्नुभएको छ ।’ उनले भने, ‘अहिले जुनसुकै मुद्दा उहाँहरुले उठाउनु भएको छ, त्यो मुद्दा सबैमा धमिरा लागिसकेको छ । कुनै मुद्दामा दम छैन ।’

साथै, कोशी प्रदेश सरकारलाई राप्रपाले सघाउने भन्ने हल्लामा कुनै सत्यता नरहेको उनको भनाई छ । आफू प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापति सभापति बन्दा कुनै सम्झौता नभएको उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot