Logo

सुन तस्करी प्रकरणः थप एक जना पक्राउ



काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पौडेलसहित २४ पुगेको छ ।

सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot