Logo

जनकपुरमा दही चिउरा खाएर एमाले नेताहरु लागे सिरहाको सर्रे अम्बास



काठमाडौं,१३ भदौ । नेकपा एमालेका नेताहरु सचिवालय बैठकका लागि सिरहाको धनगढीमाइ नगरपालिकाको सर्रे अम्बास लागेका छन् ।

आज बिहान काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत जनकपुर पुगेका एमाले नेताहरु जनकपुरमा केहीबेरको छलफलपछि दही चिउरा खाएर सचिवालय बैठकमा सहभागी हुने सर्रे अम्बास लागेका हुन् ।

एमालेले २०४६  सालमा तत्कालीन नेकपा मालेले चौथो अधिवेशन गरेको सर्रे अम्बासमा यसपटकको सचिवालय बेठक आयोजना गरेको हो । तत्कालीन मालेको चौंथो अधिवेशनले स्वर्गीय मदनकुमार भण्डारीलाई दलको नेताकोरुपमा स्थापीत गरेको थियो ।

एमालेले गत भदौ ९ गतेका लागि बैठक आव्हान गरेपनि खराब मौसम र देशैभर आएको बाढी पहिरो र अविरल वर्षात्काकारण अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्