Logo

भन्सार कार्यालयका ३५ अधिकृतसहित १३७ कर्मचारीले मागे सामूहिक सरुवा



काठमाडौं, १३ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन् ।

काम गर्ने वातावरण र मनोविज्ञान राम्रो नभएको भन्दै उनीहरुले सामूहिक सरुवाको माग गर्दै महानिर्देशसमक्ष सामूहिक सरुवाका लागि निवेदन दिएका हुन् ।

काम गर्ने वातावरण र मनोविज्ञान राम्रो नभएको भन्दै उनीहरुले सामूहिक सरुवाको माग गर्दै महानिर्देशसमक्ष सामूहिक सरुवाका लागि निवेदन दिएका हुन् ।

सरुवाका लागि निवेदन दिनेमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म छन् । कामकाजको सिलसिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट अपशब्द र दुर्व्यवहार सहनुपरेको उनीहरुले निवेदनमा भनेका छन् ।

कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यकरूपमा धरपकड हुनेगरेको, प्रमाणविना थुनामा राखेको उनीहरुले गुनासो गरेका छन् । यथेष्ट प्रमाण नहुँदानहुँदै दुःख दिने नियतले पक्राउ गर्ने गरिएको उनीहरुको आरोप छ ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएकाले सामूहिक सरुवा मागिएको उनीहरुले उल्लेख गरेका छन् ।

‘स्वयं हामी तथा हाम्रा घर परिवार कुन मानसिक तनावबाट गुज्रिरहेका छौं, त्यो कसैले कल्पना गर्न सक्दैन । विना कारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार र समाजबाट समेत बहिष्करण हुने स्थिति सिर्जना भएको छ,’– उनीहरुले निवेदनमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot