Logo

प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन मन्त्री किराँतीको प्रस्ताव



काठमाडौं,१३ भदौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन्।

टुरिष्ट बस एसोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा किरातीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका हुन्। उनले यसका लागि आफूले मन्त्री पद त्याग गर्न तयार रहेको बताए।

मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे। उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए।



प्रतिक्रिया दिनुहोस्