Logo

वाईसिएल अध्यक्ष शेर्पालीको प्रश्नः ‘एमसीसीको व्याख्यात्मक घोषणाबारे अमेरिका किन बोल्दैन ?’



काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धीत रहेर संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिका नबोलेको भन्दै आपत्ति जनाएका छन् ।

उनले यस विषयमा अहिलेसम्म अमेरिका नबोलेको अवस्थामा नेपालको कदम के हुन्छ ? भनी प्रश्नसमेत गरेका छन् । ‘अमेरिकि परियोजना एमसीसीसँग सम्बन्धीत रहेर नेपालको सम्मानीत संसद्ले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा कहाँ पुग्यो ? अमेरिका किन बोल्दैन यस विषयमा ? बोलेको छ भने कुन मितिमा के सम्बोधन गरेको छ ?’ उनले भनेका छन् ।

एमसीसीका सन्दर्भमा नेपालले बनाउने भनेको संसदीय अनुगमन समितिबारे पनि उले प्रश्न उठाएका छन् । उनले अमेरिकी मौनताबीच नेपालको कदम के हुने र साझा सरोकार रहेको यस विषयमा आगामी निर्णय कस्तो लिने भन्ने विषयमा जिम्मेवार राजनीतिक दलहरुले आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्ने शक्तिदेखि सजक बन्न आवश्यक रहेको उनले बताएका छन् । राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा सर्वपक्षीय एकता कायम गर्न आवश्यक रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot