Logo

बोदेबसाईन नगरपालिकाका मेयर सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,१३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारले वडा-४ अध्यक्ष रामानन्द चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादब, लेखापाल सरोज कुमार मन्डल, पशु विकाश अधिकृत अर्जुनप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार शाह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

मेयर सिंह २०७४ र २०७९ मा दुबैपटक जनता समाजवादी पार्टी नेपालका तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्