Logo

एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध आरिफले मौका पाउँदा भीम सार्की बेञ्चमा



काठमाडौं,१३ भदौ । एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्।

नेपालले आज आरिफ शेखलाई मैदानमा उतार्दा तेस्रो नम्बरमा ब्याटिङ गर्ने भीम सार्की भने प्लेइङ-११ मा पर्न असफल भएका छन् ।

पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने खेलका लागि नेपाली टोलीमा प्लेइङ-११

रोहितकुमार पौडेल (कप्तान) सन्दीप लामिछाने, आशिफ शेख, आरिफ शेख, कुशल भूर्तेल, सोमपाल कार्मी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, गुल्सन झा र ललितनारायण राजवंशी

पाकिस्तान टिम : बाबर अजाम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह, शाहीन अफ्रिदी



प्रतिक्रिया दिनुहोस्