Logo

प्रधानमन्त्री प्रचण्डलाई आईटी आर्मीको ध्यानाकार्षणः ‘नीजी मेनपावर खारेज गरौं’



काठमाडौं, १३ भदौ । आम जनता पार्टीको आईटी आर्मी टिमले नीजी मेनपावर कम्पनीहरु खारेज गरी वैदेशिक रोजगारीमा जना चाहनेहरुलाई सरकारी संयन्त्र (जि टू जी र जि टू पी) मोडलमार्फत पठाउन सरकारको ध्यानाकार्षण गराएको छ ।

आज (बुधबार) आम जनता पार्टीका प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्र भुषण साहसहितको टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकार्षण गराउँदै ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

आईटी आर्मीले निजी मेनपावरहरु खारेज हुनुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारी संयन्त्रमार्फत पठाउन पर्ने, ठग मेनपावर र ऐजेन्हरुलाई कार्यवाही गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ ।

सरकारले आफूहरुले राखेका मागमा नजरअन्दाज गरेको खण्डमा श्रमजीवि तथा उत्पीडित जनताको पक्षमा कडा संघर्षका कदम अगाडि बढाउने आईटी आर्मीले जनाएको छ ।

यस्ता छन् आईटी आर्मीले राखेका मागहरुः

  • निजी मेनपावरहरु खारेज गरी सरकारी संयन्त्रमार्फत (GtoG, GtoP मोडेलमा)  कामदार विदेश पठाउने व्यवस्था गर्नुपर्ने,
  • ठग मेनपावर र ऐजेन्टहरुलाई कार्यवाही गर्नुपर्ने,
  • गलत एवं असुरक्षित श्रम स्वीकृत गर्ने अधिकारीलाई कानूनी दायरामा ल्याउनुपर्ने,
  • मनपरी रकम असुली रोक्न कामदार छनोटको प्रक्रिया पारदर्शी बनाउनुपर्ने,
  • फ्रि भिषा, फ्रि टिकटको नियम व्यवहारतः कडाइका साथ लागू गर्नुपर्ने,
  • वैदेशिक रोजगार पीडितहरूको लगत तयार गर्नुपर्ने,
  • विदेशमा अल्पत्र र समस्यामा परेकाहरुलाई शिघ्र उद्दार गर्नुपर्ने,
  • सरकारले तत्काल पीडितहरुको समस्या समाधान गर्न स्वदेश तथा परदेशमा द्दद्ध×ठ सेवा दिने विशेष संयन्त्र खडा गर्नुपर्ने,
  • मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका कामहरुलाई थप सहज गर्नुपर्ने,
  • सम्भावित नयाँ गन्तव्यहरुको पहिचानको लागी ठोस प्रयास तथा सुरक्षित आप्रवासनको लागि थप जनचेतना अभिवृद्धि गर्नुपर्ने,
  • नेपालभित्रका सबै उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा १००५ स्वदेशी कामदारलाई अवसर दिनुपर्ने,
  • आत्मनिर्भर, स्थिर र सबल अर्थतन्त्र निर्माण गर्न स्वदेशमै थप स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने,


प्रतिक्रिया दिनुहोस्

Screenshot