काठमाडौं,१३ भदौ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत एवम् स्थायी प्रतिनिधि लोक बहादुर थापाले पद तथा गोपतीयताको शपथ लिएका छन्।
बिहीबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएका हुन्।
समारोमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनलाई गत असार २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतमा सिफारिस गरेको थियो ।