Logo

४४ रन बनाएर खेलिरहेका रिजवान आउट, नेपाल खेलमा फर्किँदै



काठमाडौं,१३ भदौ । पाकिस्तानविरुद्ध वलिङ गरिरहेको नेपालले तेस्रो सफलता पाएको छ ।

आजबाट सुरु एसिया कपको उद्दघाटन खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पाकिस्तानलाई तेस्रो झट्का लागेको छ । निक्कै नै घातक बलिङ गरिरहेका मोहम्मद रिजवान आउट भएका छन् । रिजवान र बाबर आजमले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पापकिस्तानको इनिङस् उकासेका थिए।

४४ रन बनाएर खेलिरहेका उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराएका हुन् ।

आउट हुन्अघि उनी र बाबर आजमबीच घातक साझेदारी बनिरहेको थियो । रिजवान आउट भउसँगै नेपालले एकपटक खेलमा फर्किने मौका पाएको छ ।

ताजा अवस्थामा पाकिस्तानले २६ ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्