Logo

बकैया नदीको कटानबारे नगरप्रमुख साहद्वारा मन्त्री बस्नेतको ध्यानाकर्षण



काठमाडौं, १३ भदौ । ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई मौलापुर नगरपालिका प्रमुख रीना कुमारी साहले लालबकैयाको कटानबारे ध्यानाकर्षण गराएकी छन् ।

आज (बुधबार) मेयर साहले केही दिन अगाडि लालबकैयामा आएको बाढीले पुर्याएको क्षति र बाँध कटानका बारेमा मन्त्री बस्नेतलाई ध्यानाकार्षण गराएकी हुन् । उनले बाँध निर्माण र पीडितको लागि क्षतिपूर्तिको माग गरेकी छन् ।

मन्त्री बस्नेतले उक्त घटनाका बारेमा आफू जानकार रहेको बताउँदै नदी नियन्त्रणका कार्यलाई तदारुकताका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटघाटमा देवाही गोनाही नगरपालिकाको पूर्वमेयर धर्मेन्द्र पटेल, पूर्वउपमेयर सिमल कुमारी साह लगायतका नेताहरू सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot