Logo

सुन तस्करी प्रकरणः दावा छिरिङका सहयोगी भारतबाट पक्राउ



काठमाडौं, १३ भदौ । सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । हङ्कङबाट काठमाडौंमा तस्करी भएको सुन गत साउन ३ गते राजश्व अनुसन्धानको टिमले पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा यसअघि नै पक्राउ परेका दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

बस्नेत सिन्धुपाल्चोकका बासिन्दा हुन् ।  यो सँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्