Logo

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ



काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो ।

गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

माझीको साथबाट दुई थान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot