Logo

जसपामा एक व्यक्ति, एक पद र समितिको व्यवस्था कडाइका साथ लागू हुने



काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा मा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुने भएको छ ।

हाल पार्टीले सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्यभार नै पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु र पार्टी समितिलाई विधानले व्यवस्था गरेबमोजीमको पदाधिकारी र सदस्य संख्यामा सीमित गरी गठन, पुनर्गठन र रुपान्तरण गर्नु रहेको छ ।

जसपाले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरुमा निहित रहने व्यवस्था गरेको छ । जस अनुसार पार्टीका प्रदेश संरचनाहरु आफ्नो क्षेत्राधिकारभित्रका कामहरु आफै गर्न सक्छन् तसर्थ प्रत्येक पार्टी सदस्यले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्