Logo

‘यो हाम्रो सुरुआत हो, अझै धेरै खेल्न चाहन्छौँ’: प्रशिक्षक मोन्टी देसाई



काठमाडौं,१४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु सुरुआत मात्र भएको बताएका छन् ।

बुधबार एसिया कपको उद्घाटन खेलमा क्रिकेटको महारथी राष्ट पाकिस्तानसँग २३८ रनले पराजित भएपछिको पत्रकार सम्मेलनमा उनले नेपालको यो सुरुआत मात्र भएको बताएका हुन् । यही स्तरमा अझै धेरै प्रतियोगिता खेल्ने टिमको चाहना रहेको उनले उल्लेख गरे ।

“हामीले के सिक्यौँ भन्ने कुरा मनन गर्न बाँकी नै छ । सिकाइको साथसाथै हामीले के–के राम्रो गर्‍यौँ भनेर पनि देखाउन बाँकी छ । हाम्रा बलरले सुरुआत राम्रो गरे । पाकिस्तानसँगको खेलमा फिल्डिङ केही निराशजनक रह्यो,” देसाईले भने, “यो स्टेजमा आएर क्रिकेटरको सपना हुन्छ, जुन आज सुरु भएको छ । यो हाम्रो सुरुआत हो, किनकि हामी यो स्तरमा अझै धेरैपटक खेल्न चाहन्छौँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot